२६ भदौ, झापा । पूर्वी नेपालमा शुक्रबार बिहान भूकम्पको धक्का महसुस भएको छ । इलाम, झापा, पाँचथर लगायतका जिल्लामा भूकम्पको धक्का महसुस भएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाए अनुसार विहान ९ बजेर ३० मिनेटमा ५ रेक्टर स्केलको भूकम्प गएको हो । यसको केन्द्र नेपाल र भारतको सीमानामा रहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस