समाचार

पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालन

Pahiro

२६ भदौ, चितवन । मुग्लिन सडक खण्डको चार किलो नजिक पहिरो खस्दा अवरुद्ध भएको सडक एकतर्फी सञ्चालनमा आएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार शुक्रबार बिहान १०ः३० बजे सडक एकतर्फी सञ्चालनमा आएको हो । बिहान ८ः १० बजे नारायणगढबाट ३१ दशमलब ३ किमी मुग्लिनतर्फ चारकिलो नजिकै पहिरो खसेको थियो ।

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख कृष्णराज अधिकारीका अनुसार दुईतर्फी सञ्चालनका लागि काम भईरहेको छ । ईच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा पहिरो खसेको हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस