२६ भदौ, धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा रहेका एक युवक झुन्डिएको अवस्थामा फेला परेका छन् ।
भदौ २२ गते चोरी मुद्दामा धनगढी उपमहानगरपालिका–१ बाट पक्राउ परेका १९ वर्षीय रोशन बिकले थुनुवा कक्षको शौचालयमा झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
रोशनले के कारणले झुन्डिए भन्नेबारे खुलेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस