समाचार

बारीमा काम गर्दै गर्दा पहिरोले पुरिएर एकजना बेपत्ता

pahiro 2

२६ भदौ, बागलुङ । बागलुङकोे बडिगाड गाउँपालिकामा पहिराले पुरिएर एक जना बेपत्ता भएका छन् ।

बिहीबारदेखि परेको निरन्तर वर्षापछि खसेको पहिराले तरकारी बारीमा काम गर्दै आएका बडिगाड –१० निगलपानीका ३५ वर्षीय दानबहादुर घर्ती मगर आज बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक रिजालले जानकारी दिए ।

स्थानीयवासीको सक्रियतामा बेपत्ताको खोजी जारी छ । घटनास्थलतर्फ भीमगिठे प्रहरी चौकीबाट उद्धारका लागि प्रहरी खटाइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस