समाचार

बुटवलमा थप एक जना कोरोना संक्रमितको मृत्यु

covid 19 dead body

२६ भदौ, बुटवल । बुटवलको धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालमा आइसीयुमा उपचाररत एक संक्रमितको मृत्यु भएको छ ।

नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–५ का ५५ वर्षका पुरुषको मृत्यु भएको हो । अस्पतालमा भदौ १९ गते कोरोना संक्रमण पुष्टि भएका उनको शुक्रबार बिहान ११ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए ।

मृतकलाई कोरोना संक्रमणसँगै कलेजो, मधुमेह र उच्च रक्तचापको समस्या रहेको अस्पतालले जनाएको छ । योसँगै पश्चिम नवलपरासीमा कोरोना संक्रमणबाट मृत्यु हुने संख्या ४ पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस