समाचार

गुल्मीमा पहिलो पटक जातीय विभेद गर्नेलाई तीन महिना जेल सजाय

gulmi jilla adalat

२६ भदौ, गुल्मी । जतीय विभेद तथा छुवाछुत मुद्दामा गुल्मीमा पहिलो पटक जिल्ला अदालतले पीडकलाई ३ महिना जेल सजायको फैसला गरेको छ । जिल्लाको कालीगण्डकी गाउँपालिका–५ फोक्सिङ्गका नेत्रबहादुर काउछा मगरलाई छुवाछुत तथा जातीय विभेद गरेबापत् न्यायाधीश राधाकृष्ण उप्रेतिको ईजालासले ३ महिना जेल सजायको फैसला गरेको हो ।

जेठ २३ गते मलामी गएर फर्कंदै गर्दा पानी परेपछि मगरको घरमा ओत लागेका स्थानीय श्याम परियारलाई मगरले घर ‘बिटुलो’ पारिदिएको भन्दै दुर्व्यवहार गरेका थिए । उनले छिमेकी बोलाएर परियारलाई कुटपिटसमेत गरेका थिए ।

मगरले घर चोख्याउनुपर्ने भन्दै परियारलाई १५ सय रुपैयाँ जरिवानासमेत तिर्न लगाएका थिए । जातीय छुवाछुत गरेकोमा मगरलाई ३ महिना कैद, ५० हजार जरिवाना र १० हजार क्षतिपूर्ति भराउने गरी फैसला भएको जिल्ला अदालतका स्रेस्तेदार भीमप्रसाद भुसालले जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस