
२६ भदौ, काठमाडौं । सामाजिक सञ्जालमा कोरोना भाइरसको पीसीआर रिपोर्टसम्बन्धी अफवाह फैलाएको अभियोगमा कास्कीमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
पर्वतको मोदी गाउँपालिका-७ घर भई पोखरा महानगरपालिका-५ बस्ने २९ वर्षीय ईश्वर रिमाललाई बुधबार र चितवन भरतपुर महानगरपालिका-४ घर भई पोखरा नयाँबजार बस्ने २२ वर्षीय निरज लम्साललाई बिहीबार पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
प्रदेश जनस्वास्थ्य प्रयोगशाला गण्डकी प्रदेश पोखराबाट कोभिड–१९ पीसीआर परीक्षण गरेको रिमालको रिपोर्टलाई उनीहरू दुई जना मिलेर उल्टोपाल्टो गरी सामाजिक सञ्जालमा पोष्ट गरी झुटो अफवाह फैलाएको प्रहरीको आरोप छ ।
उनीहरु विरुद्ध झुटो अफवाह फैलाउन नहुने सम्बन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस