समाचार

धनगढीको दिनेश सञ्चार गृहमै पत्रकारमाथि कुटपिट, कारवाही गर्न महासंघको माग

Dinesh FM 1

२६ भदौ, काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिका–४ स्थित् दिनेश सञ्चार गृहमा कार्यरत पत्रकारमाथि कार्यकक्षमै कुटपिट भएको छ । समाचारको विषयलाई लिएर पुगेका १५/२० जनाको समूहले आज बिहान दिनेश सञ्चार गृहका सहसम्पादक जनक विष्ट, व्यवस्थापक अमिता कुँवर र प्राविधिक कल्पना सिंहमाथि हातपात गरेका हुन् ।

घट्नाको नेपाल पत्रकार महासंघ कैलाली लगायत विभिन्न संघसंस्थाले घोर आपति जनाएका छन् । पत्रकार महासंघ कैलालीले सञ्चार गृहमै प्रवेश गरी पत्रकारमाथि भएको आक्रमणको घटनाप्रति घोर निन्दा गरेको हो ।

महासंघले विज्ञप्ति जारी गर्दै घटनालाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता एवं सिङ्गो पत्रकारिता क्षेत्रमाथिको आक्रमणको घटनाका रुपमा लिएको जनाएको छ । ‘समाचारको विषयमा कुनै विमति भए त्यसको समाधानका लागि कानुनी बाटो हुँदाहुँदै एकाएक सञ्चार गृहमा तथा पत्रकारमाथि आक्रमण गरिनुले पछिल्लो समय आम पत्रकारले असुरक्षित महसुस गर्नुपरेको महासंघको बुझाइ छ, ‘ महासंघका सचिव मीन ठकुरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

माहसंघलगायत जिल्लाका विभिन्न प्रेससँग आवद्ध संघ संस्थाले घोर निन्दा गरेका छन् । दिनेश खवरले धनगढीमा थुनुवा कक्षभित्रै १९ वर्षीय युवकले गरे आत्महत्या भन्ने समाचार प्रकाशन गरेको थियो । प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका –१ बाट चोरी मुद्धामा भदौ २२ गते पक्राउ परेका १९ वर्षीय रोशन विकले शौचालयमा आत्महत्या गरेका थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस