
२६ भदौ, काठमाडौं । नेपालमा थप १४ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
शुक्रबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १४ सय ५४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१ हजार ९१९ पुगेको छ। संक्रमितमध्ये ३६ हजार ६७२ जना निको भएर घर फर्किएका छन्।
प्रतिक्रिया दिनुहोस