
२६ भदौ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ दोहोरिने निश्चित भएको छ ।
ऊर्जा मन्त्रालयले शुक्रबार घिसिङलाई नै दोस्रो कार्यकालका लागि नियुक्ति गर्नेगरी प्रस्ताव तयार पारेको छ । सो प्रस्ताव आइतबार बस्ने मन्त्रिपरिषद् बैठकमा ऊर्जामन्त्री वर्षमान पुनले लैजाने मन्त्रीका प्रेस संयोजक दयानिधि भट्टले जानकारी दिए ।
नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली कुलमानलाई फेरि नियुक्ति गर्ने पक्षमा नरहे पनि अर्का कार्यकारी अध्यक्ष प्रचण्डसँगको छलफलपछि भने राजी भएका छन् ।
४ वर्ष नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकका रुपमा रहेका कुलमानले नेपाली जनतालाई १८ घण्टे लामो लोडसेडिङबाट मुक्त गरेका थिए । उनको कार्यकाल आइतबार सकिँदै छ । मन्त्रालयदेखि सम्प्रर्ण जनता समेत कुलमानको पक्षमा उभिएका छन् ।
प्रतिक्रिया दिनुहोस