समाचार

भक्तपुरमा एकै परिवारका तीन सदस्य मृत फेला

death youth

२६ भदौ, काठमाडौं । भक्तपुरमा एकै परिवारका तीन सदस्य मृत भेटिएका छन् । मध्यपुर थिमी नगरपालिका– ९ निकोसेरामा सुदीप अधिकारी, उनकी पत्नी सुशीला र छोरा सुशान्त मृत अवस्थामा भेटिएका हुन् । प्रहरी स्रोतका अनुसार उनीहरुको कुकुर पनि मृत भेटिएको छ ।

महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाले एकै परिवारका तीनजनाको शंकास्पद मृत्यु भएको पाइएको बताए । ‘हामीले अनुसन्धान थालेका छौं । यसमा संलग्नलाई पत्ता लगाएर सार्वजनिक गर्नेछौं,’ उनले भने ।

मृतकका भाइ सुनिल अधिकारी घरमा आइपुग्दा घरको दोश्रो तल्लामा कुकुर र सम्झना अधिकारीको शव, तेस्रो तलामा सुशान्त र माथिल्लो तलामा सुदिप अधिकारीको शव फेला परेको प्रहरीले बताएको छ ।

‘हत्या केही दिन पहिले भएकाेजस्ताे देखिन्छ । घटना कहिले भएकाे र कसले गरेको भन्ने अनुसन्धान थाल्दै छाैं,’ प्रमुख डीएसपी कँडेलले भने ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *