
२७ भदौ, काठमाडौं । प्राइम टाईम्स टेलिभिजनका दृश्य सम्पादक अनिल गौतमको सडक दुर्घटनामा परी निधन भएको छ ।
कार्यालयबाट घर फर्किने क्रममा तिनकुने मुनिभैरव, कोटेश्वरमा प्रदेश ३-०१००३ क ४५६३ नम्बर टिप्परले ठक्कर दिँदा बा २९ प १४७९ नम्बरको मोटरसाइकल सवार गौतमको घट्नास्थलमा निधन भएको हो । ५२ वर्षीय गौतम भक्तपुरको कौशलटारमा स-परिवार बस्दै आएका थिए । उनको स्थायी घर भने काठमाडौंको धुम्बाराही हो ।
गौतम विगत लामो समयदेखि विभिन्न मिडियामा कार्यरत थिए । गौतमलाई काठमाडौंको बानेश्वरमा रहेको सिभिल अस्पताल ल्याईएको थियो । तर, अस्पताल ल्याउनुअगावै उनको निधन भैसकेको चिकित्सकले जनाएका थिए ।
पोष्टमार्टमको लागि गौतमको शव त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको छ । टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस