समाचार

काठमाडौंको कागेश्वरी मनोहरामा ग्यास विष्फोट, एकजना घाइते

nmb thumnail

२७ भदौ, काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ मा ग्यास सिलिन्डर विष्फोट भएको छ । आज बिहान करिब ६:०५ बजे सिलिन्डर विष्फोट हुँदा ४८ वर्षीया मीरा जोशी घाइते भएकी छिन् ।

उनलाई उपचारको लागि किर्तीपुर अस्पताल लगिएको प्रहरीले जनाएको छ । विष्फोट मीराको भान्साकोठामा भएको थियो । विष्फोटबाट भान्साकोठा क्षतिग्रस्त भएको छ । घरमा मीरासँगै छोरी र श्रीमान रहे पनि भान्सामा उनी मात्र रहेकोबेला विष्फोट भएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा अहिले काँडाघारी प्रहरी चौकीका प्रहरी निरीक्षक रूपेन्द्रनारायण श्रेष्ठ नेतृत्त्वको प्रहरी टोली पुगेको छ । घटनाको प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस