समाचार

आजको मौसम पूर्वानुमान, यी स्थानमा भारी वर्षा

rain

२७ भदौ, काठमाडौं । आज पनि देशभरको मौसममा बदली भइ विभिन्न स्थानमा पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा उत्तर अर्थात् नेपालभन्दा केही दक्षिणमा रहनुका साथै भारतको पश्चिम बंगालनजिक न्यून चापीय क्षेत्र पनि बनेका कारण नेपालको मौसम बदली तथा वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर सामान्यतया बदली रहि केही स्थानमा बर्षाको सम्भावना रहेको छ । भने प्रदेश १ र प्रदेश २ का एक दुई स्थानमा भारी बर्षा हुने सम्भावना रहेको मौसम विभागले जनाएको छ ।

त्यस्तै आज राती देशभर  सामान्यतया  बदली  रही  केही स्थानहरूमा  मेघगर्जनसहित बर्षाको सम्भावना रहेको छ भने प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी बर्षाको सम्भावना रहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस