
२७ भदौ, रोल्पा । सुतिरहेको समयमा राति घर माथिबाट पहिरो खसेर घर पुरिँदा रोल्पामा दुई बालकको मृत्यु भएको छ ।
जिल्लाको लुङ्गी गाउँपालिका वडा नम्बर १ ऐते गाउँका ज्ञानसिङ्ग घर्तिको गोठ माथिबाट आएको पहिरोले बगाउँदा गोठमा सुतिरहेका उनका ११ बर्षिय छोरा युवराज र ८ बर्षिय अर्का छोरा अमर घर्तिको मृत्यु भएको ईलाका प्रहरी कार्यालय सुलिचौरका प्रहरी निरीक्षक शहदेव डाँगीले जानकारी दिएका छन् ।
हजुरबुबा, हजुरआमा र आमासहित ५ जना सुतेकामध्ये दुई बालकको पहिरोमा पुरिएर मृत्यु भएको ईलाका प्रहरी कार्यालय सुलिचौरले जनाएको छ । बालकहरुसँग सुतेका अन्यको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस