
२७ भदौ, काठमाडौं । भारतीय कांग्रेसकी अध्यक्ष सोनिया गान्धीले पार्टीमा महत्वपूर्ण फेरबदल गरेकी छन् ।
गान्धीले गुलाम नबी आजाद र मल्लिकार्जुन खडगेसति चार वरिष्ठ नेतालाई महासचिव पदबाट मुक्त गरेकी छन् । पार्टीको सर्वोच्च नीति निर्धारण इकाई कांग्रेस कार्य समिति (सीडब्लूसी) पनि उनले पुनर्गठन गरेकी छन् ।
अखिल भारतीय कांग्रेस समितिका महासचिव र इन्चार्जहरुको नयाँ सूचि जारी भएको छ । पार्टीका संगठन महासचिव केसी वेणुगोपालले जारी गरेको वक्तव्य अनुसार गुलाम नबी आजाद, मोतीलाल वोरा, अंबिका सोनी र मल्लिकार्जुन खडगेलाई महासचिव पदबाट मुक्त गरिएको छ ।
यस्तै अध्यक्ष सोनिया गान्धीले पार्टीको संगठनात्मक र अरु कामकाजसँग जोडिएका विषयमा आफ्नो सहयोगका लागि विशेष समिति गठन गरेकी छन्। यस्तै गान्धीले एआइसीसी सेन्ट्रल इलेक्सन अगोरिटीको पनि पुनर्गठन गरेकी छन् । हरियाणा राज्यका इन्चार्ज समेत रहेका आजादको स्थान अब विवेक बंसलले लिने भएका छन् ।
केही समयअघि कांग्रेसका केही वरिष्ठ नेताहरुले अध्यक्ष सोनिया गान्धीलाई पार्टीमा महत्वपूर्ण फेरबदलको माग गरी पत्र लेखेका थिए, जसमा गुलाम नबी आजादको नाम प्रमुख थियो ।
Congress President Smt. Sonia Gandhi has reconstituted the Congress Working Committee as follows: pic.twitter.com/Fti9oYxJUr
— Congress (@INCIndia) September 11, 2020