
२७ भदौ, काठमाडौं । मापदण्डविपरीत स्यानिटाइजर उत्पादन गर्ने काठमाडौंका ४ र भक्तपुरको १ गरी ५ वटा उद्योगहरुलाई औषधि व्यवस्था विभागले कारबाही गरेको छ ।
मापदण्डविपरीत विषाक्त मिथानोल हालेर स्यानिटाइजर उत्पादन गरेपछि ती उद्योगलाई क्षतिपूर्तिसहितको जरिवाना र बन्द गर्ने तयारी गरिएको विभागका सूचना अधिकारी सन्तोष केसीले बताए ।
हाइजिङ सोप एन्ड केमिकलले उत्पादन गर्ने ‘इन्सेटेन्ट ह्यान्ड सेनिटाइजर ओरिजिनल’, आधार केमिकल एन्ड फुड इन्डस्ट्रीले उत्पादन गर्ने ‘एड्भान्स ह्यान्ड स्यानिटाइजर’, सर्च केम कम हर्बल प्रोडक्टले उत्पादन गर्ने ‘इन्सटेन्ट ह्यान्ड स्यानिटाइजर रिफ्रेरिसङ जेल’ र सूर्यमुखी हर्बल प्रोडक्टको ‘सूर्यमुखी ह्यान्ड स्यानिटाइजर’ मा विषाक्त मिथानोल रहेको पाइएको हो । ती स्यानिटाइजरहरु प्रयोग नगर्न विभागले सर्वसधारणलाई सूचनामार्फत आग्रह गरेको छ ।
विभागले विभिन्न कम्पनीहरुको ह्याण्ड सेनिटाइजरको नमूना संकलन गरी ‘इन्स्ट्यान्ट ह्याण्ड सेनिटाइजर (अल्कोहल बेस्ड)सम्बन्धि स्तर २०७६’ विपरित विषाक्त रसायन ‘मिथानोल’ समावेस भएको पाइएको जनाएको छ ।
विभागले उक्त रसायनले मानव स्वास्थ्यमा गम्भिर नकारात्मक असर गर्ने भएकाले सर्वसाधारणलाई प्रयोगन नगर्न नगारउन हुन अनुरोधका साथै उत्पादनमा समेत रोक लगाउन सूचित गरेको जनाएको छ ।