समाचार

पर्वतको कुस्माबजार आज देखि एक हप्ताका लागि ‘सिल’

kushma bazar

२७ भदौ, पर्वत । पर्वतको सदरमुकाम कुस्माबजारमा क्वारेन्टाईन बाहिर समुदायका ब्यक्तिमा कोरोना संक्रमण देखिएपछि शनिबार(आज) देखि एक हप्ताका लागि बजार क्षेत्र ‘सिल’ गरिएको छ । पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले आदेश जारी गर्दै कुस्माको बजार क्षेत्र पर्ने नगरपालिकाकाका ४ वडामा अत्याबश्यक बाहेक सबै क्षेत्र बन्द गरेर ‘सिल’ गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयमा भएको डिसिसिएमसिको बैठकले कुश्मा बजार क्षेत्रलाई एक हप्ताका लागि अत्याबश्यक बाहेक सबै क्षेत्र बन्द गर्ने निर्णय अनुसार कुस्मा नगरपालिकाका वडा नं ४, ५, ६ र ७ मा कडाई गरिएको छ । थप ट्रेसिङको रिर्पोट नआउञ्जेल सम्मका लागि बजार क्षेत्र बन्द गरिएको प्रजिअ रेग्मीले जानकारी दिए ।

उनका अनुसार राजमार्गमा चल्नेबाहेक बजारक्षेत्रमा सार्वजनिक र निजी सवारी, बजारका पसल तथा अत्यावश्यक बाहेकका सेवा बन्द रहनेछन् । आगामी असोज २ गतेसम्म अत्यावश्यक सेवाभित्र पर्ने बैंक तथा वित्तिय संस्था, शहकारीसहित सरकारी कार्यालय समेत बन्द रहनेछन् । पर्वतमा कोरोना सङ्क्रमितको संख्या १ सय १२ पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस