समाचार

गण्डकी प्रदेशमा थप ४५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २८ सय ६५ पुग्यो

pcr test lab

२७ भदौ, पोखरा । गण्डकी प्रदेशमा शनिबार थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा परिक्षणमा गण्डकी  प्रदेशमा शनिबार थप ४५ जनामा कोरोना पुष्टि भएको हो ।

प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार थपिएका संक्रमितमा नवलपरासी (सुस्तापूर्व) का ३४, कास्कीका १० र गोरखाका एक जना रहेका छन् । निर्देशक शर्माले सबै संक्रमित कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएको बताए। संक्रमित सबै व्यक्तिहरुलाई आइसोलेसन केन्द्मा लैजाने तयारी भइरहेको उनले जानकारी दिए ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ८६५ पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस