खानपान

दहीसँग खानुहुँदैन यी ५ खानेकुरा

dahi

२७ भदौ, काठमाडौं । दही खान नरुचाउने कमै मात्र हुन्छन् । दही खानु शरीरका लागि फाइदाजनक पनि हुन्छ । तर, जति दही खाँदा फाइदा हुन्छ उति नै बेफाइदा पनि हुन्छ । यदि दही गलत खाद्य पदार्थसँग खाँदा यसले शरीरलाई बेफाइदा पनि पुर्याउँछ ।

आयुर्वेदका अनुसार यी ५ खाद्यपदार्थसँग दहीको सेवन गर्नुहुँदैन ।

माछा – दही र माछा एकसाथ खानुहुँदैन । दही र माछा दुवै प्रोटिनको स्रोत हो । यो दुवै मिसाएर खाँदा पेटमा समस्या हुनसक्छ । दही दूधबाट बन्छ भने माछा मामंशाहारी खाना हो । यसले पेटमा विभिन्न समस्या पैदा गर्छ ।

दूध– दूध र दही एकसाथ खान हुँदैन । दूध र दही एकसाथ खाँदा एसीडिटीसँग र ग्यास जस्ता समस्या पैदा हुन्छ ।

मासको दाल– आयुर्वेदले दहीसँगसँगै दाल नखान सुझाएका छन् । दालसँग दही खाँदा पेटसँग जोडिएका समस्याहरु पैदा गराउँछ ।

आँप– दहीमा आँप काटेर हालेर खाने गरिन्छ । तर, यो उति नै बेफाइदाजनक हुन्छ । यसले शरीरमा चिसो र गर्मी एकसाथ पैदा गराउँछ । जसले छालासँग जोडिएका समस्याहरु पैदा गराउँछ ।

प्याज– दहीमा प्याज हालेर खानुहुँदैन । दहीले शरीरभित्र चिसो लाग्छ भने प्याजले शरीरमा गर्मी पैदा गर्छ । यी दुई मिसाएर खाँदा शरीरलाई नोक्सान पुर्याउँछ । यसले छालामा एलर्जी, र्याशेज जस्ता समस्या पैदा गराउँछ ।

तेलयुक्त पदार्थ – पराठासँग दही खाँदा बेफाइदा हुन्छ । तेलयुक्त खानेकुरा खाँदा शरीरमा निकै बेफाइदाजनक हुन्छ । आलस्य बनाउँछ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस