समाचार

प्रधानमन्त्री र ऊर्जामन्त्रीकाे छलफल सकरात्मक, आइतबार कुलमानको पुन: नियुक्ति हुने

Kulman Ghising

२७ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा फेरि एक कार्यकालका लागि कुलमान घिसिङलाई नियुक्त गर्ने तयारी गरेका छन् ।

कुलमानको पहिलो चार वर्षे कार्यकाल भोली आइतबार पूरा हुँदैछ । त्यसैले भोली नै मन्त्रीपरषद बैठक राखेर ऊर्जामन्त्री वर्षमान पुनको प्रस्तावमा प्रधानमन्त्री केपी शर्मा ओलीले घिसिङलाई नियुक्ति गर्ने भएका हुन् ।

शुक्रबार स्थायी कमिटी बैठक सकिएलगत्तै प्रधानमन्त्रीले ऊर्जामन्त्री वर्षमान पुनलाई कुलमानबारे अन्तिम निर्णय गर्न पुगेका थिए । उक्त छलफलमा प्रधानमन्त्री ओली कुलमानलाई नै दोहोर्‍याउन सकारात्मक भएको ऊर्जा मन्त्रालय स्रोतले बताएको छ । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा घिसिङलाई विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा नियुक्ति गरेका थिए ।

विसं २०७३ सालको भदौ २९ गते प्राधिकरणको नेतृत्व सम्हालेका घिसिङले देशलाई लोडसेडिङमुक्त बनाउनेदेखि रुग्ण आयोजना पूरा गरेको र चरम घाटामा रहेको प्राधिकरणलाई वार्षिक ११ अर्ब रुपैयाँसम्म नाफामा लगेको भन्दै पुनः नियुक्ति दिन सर्वसाधारणले माग गरिरहेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस