समाचार

बिर्तामोडमा लागूऔषधसहित एग्रोभेट सञ्चालक पक्राउ

lagu aasadh

२७ भदौ, झापा । प्रहरीले झापाको बिर्तामोडबाट लागूऔषधसहित एग्रोभेट सञ्चालकलाई पक्राउ गरेको छ ।

बिर्तामोड नगरपालिका–३, बिर्ताबजारस्थित गोपाल एग्रोभेटमा लागूऔषध ब्राउनसुगरको कारोबार हुने गरेको सूचनाका आधारमा शुक्रबार दिउँसो ४ बजे प्रहरीले छापा मारेको थियो ।

इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले उक्त एग्रोभेटमा छापा मार्दा ब्राउनसुगर जस्तै देखिने २२ ग्राम लिसाइलो पदार्थ प्रतिबन्धित लागूऔषध बरामद गरेको हो ।

बरामद गरेको लागूऔषधसहित एग्रोभेटका सञ्चालक ३० बर्षीय गोपाल गौतमलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस