समाचार

दुर्लभ कछुवालाई ३५ लाखमा बेच्न खोज्ने ५ जना पक्राउ

kachhuwa 35

२७ भदौ, काठमाडौं । ३५ लाखमा बिक्री गर्न लागेको दुर्लभ कछुवासहित प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको कलंकीस्थित मकालु पेट्रोल पम्प अगाडिबाट ५ जनालाई शनिबार पक्राउ गरेको हो ।

७ सय ग्राम तौल र १२ इन्च लामो दुर्लभ पहेंले रंगको कछुवा सहित सुर्खेत भेरीगंगा नगरपालिका २ बस्ने सर्वराज बुढा, नुवाकोट बेलकोटगढी नगरपालिका ५ बस्ने सुरेन्द्र श्रेष्ठ, काभ्रे नमोबुद्ध नगरपालिका ८ बस्ने सन्तोष रम्तेल, रौतहट चपुर नगरपालिका ३ बस्ने रुपेश तिमिल्सिना र नुवाकोट बेलकोटगढी नगरपालिका ५ बस्ने प्रमोद बास्कोटालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूमाथि थप अनुसन्धान गर्न प्रहरीले महानगरीय प्रहरी वृत्त कालिमाटीमा बुझाएको छ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस