समाचार

चितुवाको छालासहित समातिएका जमानतमा छुटे

leopard skin

२७ भदौ, बझाङ । चितुवाको छाला र हड्डीसहित आइतबार प्रहरीले नियन्त्रमा लिइएका बुंगल नगरपालिकाका दुई जनालाई वन कार्यालयले जमानतमा छाडेको छ । तीन दिन प्रहरी हिरासतमा राखिएका दुवैलाई छाला र हड्डीको परीक्षण रिपोर्ट काठमाडौँदेखि नआउन्जेलसम्म वन कार्यालयले जमानतमा छाडेको हो  ।

बुंगल–६ का वडाध्यक्ष धनबहादुर सिंहको रोहवरमा रिपोर्ट आएपछि हाजिर  हुने गरेर छाडिएको डिभिजन वन कार्यालयका निमित्त प्रमुख कर्ण खातीले बताए । उनले भने, “मुद्धा चलाउनका लागि सरकारी वकिलको राय मागेर बरामद गरेको छाला र हड्डी हेर्दा चितुवा तथा बाघकै जस्तो छ तर त्यो  कस्तो छाला र हड्डी हो, काठमाण्डौ प्रयोगशालामा पठाउनुपर्ने र त्यहाँको रिपोर्टपछि मुद्धा चलाउनुपर्ने भएकाले त्यतिन्जेलसम्म अभियुक्तलाई पछि उपस्थित हुने गरी घर पठाइको हो ।”

आइतबार राति २:४१ बजे बुङगल–३ विजगडाबाट बागथलातर्फ भारी बोकेर पैदल हिँडिरहेका सोही गापा ६ का २७ वर्षीय हरजित बोहरा र सोही ठाउँका २३ वर्षीय विरेन्द्र बोहरा चितुवाको छाला र हड्डीसहित पक्राउ परेका थिए ।

उनीहरुको साथबाट दुई थान चितुवाको छाला र नौ किलो हड्डी बरामद गरिएको प्रहरीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस