समाचार

तुलसीपुरमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि

covid 19 test

२७ भदौ, दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकामा कार्यरत तीन कर्मचारी र चार स्वास्थ्यकर्मीसहित २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा शनिबार गरिएको परीक्षणमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ८९ जनाको स्वाब संकलन गरेर परीक्षण गर्दा २२ जनामा कोरोना पुष्टि भएको कोभिड फोकल पर्सन विमल केसीले जानकारी दिए ।

उनका अनुसार संक्रमितहरु स्वास्थ्यकर्मी र कन्ट्याक्ट ट्रेसिङ्गमा परेका रहेका छन् । योसँगै दाङमा कोरोना स‌ंक्रमितको संख्या ८७३ पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस