
२७ भदौ, काठमाडौं । कोभिड–१९ को महामारीविरुद्धको लडाईंमा चीनले नेपाललाई पाँच हजार थान टेन्ट सहयोग गरेको छ ।
नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले ती टेन्ट नेपाललाई हस्तान्तरण गरिसकिएको जनाएकी छन् ।
‘पाँच हजार थान टेन्टको चिनियाँ सहयोग नेपाली साथीहरुलाई सफलतापूर्वक हस्तान्तरण गरिसकेका छौं,’ उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेकी छन्, ‘प्राकृतिक विपद र कोभिड–१९ को महामारीविरुद्धको लडाईंमा नेपाललाई सहयोग गर्नका लागि हामीले आफ्नो उत्कृष्ट प्रयास गर्नेछौं ।’
China Aid 5000 tents have been successfully delievered to our Nepali friends. Try our best to support Nepal's fight against natural disasters and COVID-19 pandemic. Hold on Nepal! 💪 🇳🇵 pic.twitter.com/4ovtBPJo7w
— Ambassador Hou Yanqi (@PRCAmbNepal) September 12, 2020
चीनले यसअघि नेपाललाई कोरोना महामारीबिरुद्ध आवश्यक पर्ने पीपीई लगायतका स्वास्थ्य सामग्री र अन्य सहयोग पनि प्रदान गरेको थियो ।