
२८ भदौ, काठमाडौं । सिन्धुपाल्चोकमा बाढी-पहिरोको फेरि अर्को विपत्ति आइलागेको छ । गए राती पाउने तीन बजे गएकाे भीषण पहिरोले जिल्लाको बाह्रबिसे नगरपालिकाका नागपुजे, भिरखर्क र चाङसार भन्ने स्थानमा १८ घर बगाएको छ । ती घरका सबै बेपत्ता भएका छन् ।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले क्षतिको एकिन विवरण आइनसकेको तर घटनास्थलमा सुरक्षाकर्मी परिचालन भइसकेको जानकारी दिए ।
सिन्धुपाल्चोकमा गत साउनदेखी बाढी र पहिरोका कारण ठुलो मात्रामा धनजनको क्षती हुंदै आएको छ । गत साउन ३० गते विहान जुगल गाउंपालिका–२ लिदीमा गएको पहिरोमा पुरिएर ३७ जनाको मृत्यु भएको थियो भने दुईजना अझै बेपत्ता छन् ।
प्रतिक्रिया दिनुहोस