समाचार

सभामुख सापकोटा पहिरो प्रभावित क्षेत्र बाह्रबिसे प्रस्थान

agni sapkota

२८ भदौ, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा सिन्धुपाल्चोको बाह्रबिसेका पहिरो प्रभावित क्षेत्र प्रस्थान गरेका छन् । पहिरो प्रभावितलाई भेट्न सापकोटा काठमाडौंबाट बिहान स्थलमार्ग हुँदै गाडीमा सिन्धुपाल्चोक गएका हुन्। सिन्धुपाल्चोक सभामुख सापकोटाको गृहजिल्ला हो ।

सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार घुम्थाङको नागपुजे र भीरखर्कमा पहिरो गएको खबर आउनासाथ आज बिहानै सभामुखसहितको टोली घटनास्थलतर्फ लागेको हो ।

लगातारको भारी वर्षासँगै गएराति पहिरो जाँदा बाह्रबिसेमा १८ घर पुरिएका छन् । पहिरोले पुरिएर एकजनाको मृत्यु भएको १२ जना बेपत्ता भएको मेयर निमफुन्जो शेर्पाले जानकारी दिए । पहिरोबाट भएको क्षतिको पूर्ण विवरण अझै आइसकेको छैन ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस