समाचार

लमजुङमा कार्यरत १६ जना नेपाली सेनासहित गण्डकीमा ३२ संक्रमित थपिए

covid 19 test positive

२८ भदौ, पोखरा । गण्डकी प्रदेशमा आइतबार विहान थप ३२ जना कोरोना सङ्क्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र, पोखरा र चितवन मेडिकल कलेज, चितवन गरिएको परिक्षणमा गण्डकी प्रदेशमा आइतबार थप ३२ जनामा कोरोना पुष्टि भएको हो ।

नयाँ संक्रमितहरुमा लमजुङका १७ जना, नवलपरासी पूर्वका ८ जना, कास्कीका २ जना, स्याङजाका ४ जना र तनहुँका एक जना रहेका छन् । पोखरा महानगरपालिका-१६ का २० वर्षीया महिला पश्चिमान्चल सामुदायिक अस्पतालमा कार्यरत कर्मचारी हुन् भने स्याङ्जाको पुतलीबजार-३ का ७६ वर्षीय पुरुष र कास्की जिल्ला पोखरा महानगरपालिका-९ का ७० वर्षीय पुरुष पोखरा महानगरपालिकास्थित मणिपाल अस्पतालमा उपचाररत हुन् ।

त्यस्तै लमजुङ जिल्ला, सुन्दरबजार-९ का १६ जना पुरुषहरु नेपाली सेनामा कार्यरत हुन् । अन्य सबै संक्रमित कन्ट्रयाक्ट ट्रेसीङबाट पहिचान भएका संक्रमित भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २९३५ पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस