समाचार

मलमा कालोबजारी गरेको आरोपमा ४ जना पक्राउ

mall art

२८ भदौ, चितवन । मलमा कालोबजारी गरेको आरोपमा चितवन प्रशासनले ४ जनालाई पक्राउ गरेको छ ।

रत्ननगर नगरपालिकामा रहेको निर्मल बहुउद्देश्यीय सहकारीले मलमा कालोबजारी गरेको आरोपमा विनोद अधिकारी, रामकृष्ण तिमिल्सिना, मायानाथ अर्याल र निर्मला घिमिरेलाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

कालोबजारीका विषयमा थप अनुसन्धान भइरहेको भट्टराईले बताए । सहकारीले अनुदानको मल प्रतिबोरा ७ सय ५० मा किनेर १२ सय ५० मा बिक्री गरेको आरोप लागेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस