समाचार

सिन्धुपाल्चोक पहिरो अपडेट: ७ जनाको शव भेटियो, २४ अझै बेपत्ता

Sindhupalchok Gumthang pahiro

२८ भदौ, काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-७ मा पहिरो जाँदा बेपत्ता भएकामध्ये सात जनाको शव फेला परेको छ ।

बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाका अनुसार आइतबार बिहान पहिरो जाँदा बेपत्तामध्ये सात जनाको शव फेला परेको हो । पहिरोमा अझै २४ जना हराइरहेको शेर्पाले बताए ।

‘खोजी जारी छ,’ मेयर शेर्पाले भने, ‘सभामुख अग्निप्रसाद सापकोटा पनि अहिले घटनास्थलमै हुनुहुन्छ ।’ सभामुख सापकोटाको गृह जिल्ला सिन्धुपाल्चोक नै हो । मेयर शेर्पाका अनुसार सभामुख सापकाेटा गाडीमार्फत टाेली लिएर घटनास्थल अवलाेकनका लागि पुगेका हुन् ।

भेटिएका सात शव ककसका हुन् भन्ने विषयमा अहिले पत्ता लगाउने प्रयास भइरहेको मेयर शेर्पाले बताए ।

‘हामी उद्धारकै क्रममा छौं, सबै विवरण एकिन भइसकेको छैन,’ मेयर शेर्पाले भने, ‘माथि भीरखर्कबाट पहिरो नागपुजे हुँदै भोटेकासीसम्म खसेको रहेछ, अहिलेसम्म २४ घर पुरिएको विवरण पाएका छौं ।’

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस