समाचार

होम क्‍वारेन्टिनमा रहेकी कोरोना संक्रमित वृद्धाको मृत्यु

covid 19 dead

२८ भदौ, चितवन । चितवनमा होम क्‍वारेन्टिनमा  बसेकी एक कोरोना सङ्क्रमित वृद्धाको आज बिहान मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका-५ की ८५ वर्षीया वृद्धाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तिराज गुरुङले जानकारी दिए ।

उनको आज बिहान ६ बजे मृत्यु भएको हो । दीर्घ रोगी उनको भदौ ११ गते नमूना सङ्कलन गरिएको थियो । भदौ १५ कोरोना सङ्क्रमण पुष्टि भएपछि उनी होम क्‍वारेन्टिनमा बसिरहेकी थिइन् ।

यसअघि खैरहनी नगरपालिकामा १०८ वर्षीया वृद्धाको घरमै मृत्यु भएपछि कोरोना पुष्टि भएको थियो । यससँगै कोरोना सङ्क्रमणबाट चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ । त्यसमध्ये १७ जना चितवनका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस