समाचार

झण्डै बीस वर्षपछि सुरू भयो बाजुरा-धनगढी उडान

bajura dhangadi

२८ भदौ, धनगढी । झण्डै २० वर्षअघि रोकिएको धनगढी–बाजुरा हवाई सेवा पुनः सुरु भएको छ । द्वन्द्वकाल सुरु भएयता रोकिएको हवाई सेवा पुनः सुरु भएको हो ।

शुक्रबारदेखि साप्ताहिक उडान भर्ने गरी समिट एयरले सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीदेखि बाजुराको कोल्टी विमानस्थलका लागि उडान भर्न सुरु गरेको छ । समिट एयरले शुक्रबार बाजुराको कोल्टीदेखि धनगढी र धनगढीदेखि कोल्टीका लागि उडान भरेको नागरिक उड्यन कार्यालय बाजुराका निमित्त प्रमुख खुमप्रसाद पौडेलले बताए ।

२० वर्षअघि बाजुरा धनगढीसँग सिधा हवाई सेवामा जोडिएको र द्वन्द्वको समयमा विमानस्थलमा आक्रमण भएपछि धनगढीसँगको हवाई सम्पर्क अवरुद्ध भएको थियो । बाजुरा नेपालगञ्जसँग हवाई सेवामा जोडिए पनि प्रदेश राजधानीसँग भने जोडिएको थिएन ।

धनगढी-बाजुरा हवाई सेवा सुचारू भएपछि जिल्लाका स्थानीय खुसी भएका छन् । बाजुरा धनगढीसँग हवाई सेवा जोडिएकाले त्यहाँका नागरिकलाई धनगढी आउजाउमा सजिलो भएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस