
२८ भदौ, दाङ । दाङमा होटेल साहुनीको चक्कु प्रहारबाट एक प्रहरी हवल्दार घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय घोराहीमा कार्यरत् प्रहरी हवल्दार ४० वर्षीय खड्गबहादुर खत्री ती महिलाको चक्कु प्रहारबाट घाइते भएका हुन् ।
टाउको र शरीरका विभिन्न ठाउँमा चक्कुको चोट लागेका प्रहरी हवल्दार खत्री राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारपछि घर फर्किसकेको प्रहरी उपरीक्षक गणेश चन्दले बताए ।
प्रहरीका अनुसार घटना शनिबार बेलुकाको ७ बजेतिर घटेको हो । जिल्ला प्रहरी कार्यालय घोराहीको गेटअगाडि होटल गर्ने महिलाले होटेलभित्रै ती प्रहरी हवल्दारलाई शरीरका विभिन्न भागमा चक्कु प्रहार गरेकी हुन् ।
चक्कु प्रहार गर्ने थापालाई चक्कुसहित नियन्त्रणमा लिई जिप्रका दाङबाट थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।
प्रतिक्रिया दिनुहोस