समाचार

सिन्धुपाल्चोकको पहिरो प्रभावितस्थलमा सभामुख सापकोटा (तस्वीरहरूसहित)

savamukh barabise

२८ भदौ, सिन्धुपाल्चोक । सभामुख अग्निप्रसाद सापकोटा सिन्धुपाल्चोकको घुम्थाङको पहिरो अवलोकन गर्न घटनास्थल पुगेका छन् । उनका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार स्थलमार्ग हुँदै सभामुख सापकोटा घुम्थाङ पुगेका हुन् । उनीसँगै नेकपा केन्द्रीय सदस्य माधवप्रसाद सापकोटा लगायत नेताहरु पनि घटनास्थल पुगेका छन् ।

सभामुख सापकोटाले पहिरोपीडीतहरूलाई राहत तथा पुनर्स्थापनाको लागि आश्वासन दिएका छन् । साथै बारम्बार विपत्तिमा परेको सिन्धुपाल्चोकमा भूगर्भविद्को टोली ल्याएर अध्ययन गराइ थप कदम चाल्ने बताएका छन् ।

“यहाँको भूबनौटको बारे गहिरो अध्ययन गरी त्यसको सिधै प्रधानमन्त्रीकहाँ प्रतवेदन बुझाइ एकिकृत बस्तीको योजनास्वरूप अगाडि बढाउँनेछौं । म काठमाडौं फर्किएर तत्काल यो काम शुरू गर्छु। पटकपटकको चुनौतीलाई सामान्य प्रयासले अब दीर्घकालीन समाधान हुनेवाला देखिँदैन यसको लागि प्रोजेक्टकै आवश्यकता पर्छ ।”

बाह्रबिसेको नागपुजे लगायतको क्षेत्रमा पहिरोमा पुरिएकामध्ये अहिलेसम्म सातजनाको शव भेटिएको छ । २४ जना हराइरहेका छन् ।

savamukh barabise 1 savamukh barabise 2 savamukh barabise 3 savamukh barabise 4

 

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस