समाचार

प्रहरीमा कोरोना संक्रमितको संख्या ३ हजार नजिक, १६ सय ९२ सक्रिय संक्रमित

Nepal Police Headquarter

२८ भदौ, काठमाडौं । प्रहरीमा कोरोना संक्रमितको संख्या तीन हजारनजिक पुगेको छ । पछिल्लो तीन सातायता प्रहरीमा संक्रमितको संख्या बढ्दै गएको हो ।

प्रहरीमा हालसम्म चार डीआईजीसहित २९ सय ५३ जनालाई कोरोना संक्रमण भएको छ । काठमाडौं उपत्यकासहित देशभर कोरोना संक्रमित प्रहरीको संख्या बढ्दै गएको छ । काठमाडौं उपत्यकामा मात्रै ९३९ प्रहरी कोरोनाका सक्रिय संक्रमित छन् ।

१२ सय ६१ उपचारपछि डिस्चार्ज भएका छन् । प्रहरी प्रधान कार्यालयमा कार्यरत १५७ र काठमाडौं उपत्यकाका ७८२ जना सक्रिय संक्रमित छन् ।

प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार प्रदेश १ मा १६५, प्रदेश २ मा १०२, वाग्मती प्रदेशमा १६२, गण्डकीमा ९१, प्रदेश ५ मा १३२, कर्णाली प्रदेशमा ४८ र सुदूरपश्चिम प्रदेशमा ५३ जना प्रहरी कोरोनाका सक्रिय संक्रमित छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस