समाचार

रुपन्देहीमा टिपरको ठक्करबाट प्रहरी जवानको मृत्यु, टिपर चालक फरार

road accident

२८ भदौ, बुटवल । रुपन्देहीको देवदह नगरपालिका-१० मा टिपरको ठक्करबाट स्कुटरमा सवार एक प्रहरीकाे मृत्यु भएको छ । मृत्यु हुनेमा कपिलवस्तुको कपिलवस्तु नगरपालिका-४ घर भई जिल्ला प्रहरी कार्यालय बागलुङमा कार्यरत प्रहरी जवान अमित श्रेष्ठ रहेका छन् । उनको उपचारको क्रममा युनिभर्सल कलेज अफ मेडिकल साइन्स भैरहवामा मृत्यु भएको हो ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु २ ख ८९९ नं.को टिपरले पश्चिमतर्फ आउँदै गरेको ध१प ९७९५ नं.स्कुटीमा सवार प्रहरी जवानलाई ठक्कर दिँदा उनको उपचारका क्रममा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय दाडले जनाएको छ । अर्की एक प्रहरी जवान घाईते भएकी छन् । घाइते हुनेमा रुपन्देहीको सैनामैना नपा ४ बस्ने वर्ष २३ की प्रहरी जवान सन्तोषी थारु रहेकी छिन् ।

मृतक श्रेष्ठ ईलाका प्रहरी कार्यालय बुर्तिवाड. बाग्लुड दरबन्दी रही हाल जिल्ला प्रहरी कार्यालय बाग्लुडमा कार्यरत  थिए ।  घाईते थारुको दरबन्दी ईलाका प्रहरी कार्यालय बलेवा बाग्लुङ दरबन्दी रही  हाल जिप्रका.बाग्लुङमा कार्यरत रहेको प्रहरीले जनाएको छ । उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने टिपर नियन्त्रणमा छ भने चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस