समाचार

व्यक्तिगत प्यान लिने २० लाख नाघे, साउनमा मात्र साढे ३६ हजारले लिए

pan cards

२८ भदौ, काठमाडौं । व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिने करदाताको संख्या २० लाख नाघेको छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको साउन मसान्तसम्ममा २० लाख १० हजार १३४ जनाले व्यक्तिगत प्यान लिएका छन् ।

चालु आर्थिक वर्षको पहिलो महिना अर्थात् साउनमा मात्रै ३६ हजार ६ सय ८२ जनाले प्यान लिएका थिए । सरकारले गत आर्थिक वर्षबाट प्यान अनिवार्य गरेपछि प्यान लिनेहरु निकै बढेका छन् ।

श्रावणसम्म लेखा नम्बर लिने करदाताको कुल संख्या ३३ लाख ८९ हजार ९ सय १३ पुगेको छ । यस अवधिमा दर्ता भएका कुल करदातामध्ये व्यवसायिक प्यान लिने करदाता १३ लाख  ७४ हजार ४ सय ५६ जना र व्यक्तिगत प्यान लिने करदाता २० लाख १० हजार १ सय ३४ जना पुगेका छन् ।

यसैगरी मूल्य अविवृद्धि करमा दर्ता भएएका करदाता २ लाख ५९ हजार ७ सय २१ र अन्त्त शुल्कमा दर्ता हुने करदाताको सख्या ९७ हजार १ सय ३९ पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस