समाचार

काठमाडौंमा बसभित्रै लुटियो यात्रुको साढे ७१ हजार, भाग्दै गर्दा चार जना पक्राउ

arrest

२८ भदौ, काठमाडौं । काठमाडौंमा लुटपाट गरी भाग्दै गरेको अवस्थामा चारजना पक्राउ परेका छन् । लुटपाट गरी भाग्दै गरेको अवस्थामा काठमाडौं महानगरपालिका १४ कलंकी बस्‍ने २४ वर्षीय सन्तोष विष्टलगायत चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।

बाँके कोहलपुर नगरपालिका–११ घर भएका ४२ वर्षीय पुरुषको नागार्जुन नगरपालिका–४ बाफल चोकबाट बस चढेर स्वयम्भू जाने क्रममा सोल्टी दोबाटोमा ७१ हजार ५ सय रुपैयाँ लुटेर गाडीबाट तत्काल झरी उनीहरू भागेका थिए ।

पीडितले प्रहरीलाई खबर गरेपछि महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई बा.२ ज ४१७ नम्बरको ट्याक्सी चढेर भाग्न खोजेको अवस्थामा उक्त रकमसहित फेला पारी पक्राउ गरेको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *