समाचार

पछिल्लो २४ घन्टामा थप १ हजार ३९ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या ५४ हजार नाघ्यो

map of nepal

२८ भदौ, काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

आइतबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ हजार ३९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६३ हजार ५१ पुगेको छ ।

संक्रमितमध्ये ३८ हजार ६९७ जना निको भएर घर फर्किएका छन् । त्यसैगरी आइतबार ११ सय ७३ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । अहिलेसम्म संक्रमण निको भएर डिस्चार्ज हुनेको संख्या ३८ हजार ६ सय ९७ पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस