समाचार

असोज १ गते घर-घरमा दीप प्रज्वलन गर्न सरकारको आग्रह

Health Ministry

२८ भदौ, काठमाडौं । सरकारले असोज १ गते बिरामी र स्वास्थ्यकर्मीको मनोबल बढाउन असोज १ गते राति ८ बजे दीप प्रज्वलन गर्न सबैमा आग्रह गरेको छ ।

स्वास्थ्य सेवा विभागका उपचार सेवा महाशाखा प्रमुख डा. तारानाथ पोखरेलले सम्पूर्ण स्वास्थ्यकर्मीहरूको सम्मान र संक्रमितहरुको मनोबल बढाउन घर घरमा दीप प्रज्वलन गर्न सबैलाई आग्रह गरिएको जानकारी दिए ।

विश्व विरामी सुरक्षा दिवसको अवसर मन्त्रालयले दीप प्रज्वलन गर्न सबैमा आग्रह गरेको डा. पोखरेलले जनाए ।

यस्तै सोही समयमा कोरोनाबाट मृत्यु भएकाको सम्झनमा एक मिनेट मौनधारण गर्न समेत मन्त्रालयले आग्रह गरेको छ । साथै असोज ७ गते सम्पूर्ण स्वास्थ्यकर्मीको सम्मानमा माइतिघरमा दीप प्रज्वलन गर्ने मन्त्रालयको तयारी छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस