समाचार

कोरोना संक्रमणबाट बिराटनगरमा थप एकको मृत्यु

covid 19 dead

२८ भदौ, काठमाडौं । कोरोना भाइरस संक्रमणबाट बिराटनगरका ७० वर्षीय पुरुषको आइतबार मृत्यु भएको छ ।

ज्वरो, खोकी र श्वासप्रश्वासमा कठिनाइ भएसँगै गत भदौ १६ गते प्रादेशिक ल्याब बिराटनगरमा पीसीआर टेस्ट गर्दा उनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

संक्रमण पुष्टि भएपछि बिराटनगरस्थित म्याक्स अस्पतालले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरेको थियो ।

गत भदौ १७ गते उनलाई प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरी उपचार भइरहेको थियो । उच्च रक्तचापका बिरामी रहेका उनको आइतबार दिउँसो निधन भएको प्रतिष्ठानका प्रवक्ता डा. दिनेश सापकोटाले जानकारी दिए ।

योसँगै प्रतिष्ठानमा मृत्यु हुनेको संख्या २५ पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *