समाचार

सिन्धुपाल्चोक पहिरो अपडेट: ११ जनाको शव फेला, २० अझै बेपत्ता

Sindhupalchok Gumthang pahiro

२८ भदौ, सिन्धुपाल्चोक । बाह्रबीसे नगरपालिका–७ मा दुइटा बस्ती बगाउने गरी खसेको पहिरोमा बेपत्तामध्ये आइतबार अपराह्नसम्म ११ जनाको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रकाश सापकोटका अनुसार साँझसम्म ११ जनाको शव फेला परेको हो । बिहान वडा नम्बर ७ को भिरखर्क, नागपुजे, केम्बे भन्ने स्थानमा पहिरो गएको थियो ।

मृत्यु हुनेमा ६२ वर्षीया भक्तिमाया श्रेष्ठ, ६० वर्षीया सर्किनी नेवार, २३ वर्षीया जुनु बिक, २४ वर्षीय सुकलाल बिक र ८ वर्षीय सन्देश बिक छन्। त्यस्तै ६५ वर्षीय धनलाल नेवार, ६० वर्षीय हिरामाया नेवार, ९८ वर्षीय ट्यासी शेर्पा, ४२ वर्षीया ज्ञानीमाया प्रधान, ५ वर्षीया सरस्वती विक र २५ वर्षीय करण बहादुर श्रेष्ठ छन् ।

पहिरोमा पुरिएका २० जना अझै बेपत्ता भएका छन् । भिरखर्कको विक टोलका तीन जना, नाकपुजेका १६ जना र नेवार टोलका एक जना बेपत्ता भएको डिएसपी सापकोटाले जानकारी दिए । पहिरोबाट २२ घरमा क्षति पुगेको कार्यालयले जनाएको छ भने केम्बेका १७ घर जोखिममा छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस