समाचार

प्राधिकरणमा कुलमानलाई पुनर्नियुक्ति गर्न माग गर्दै डडेल्धुरामा राँके जुलुस

rake julus dadheldhura

२८ भदौ, डडेल्धुरा । नेपाल विद्युत प्राधिकरणकाे कार्यकारी निर्देशकमा पुनः कुलमान घिसिङ नै हुनुपर्ने माग राख्दै डडेल्धुरामा राँके जुलुस प्रर्दशन गरिएको छ ।

नेपाल विद्यार्थी संघ, डडेल्धुराले ‘उज्यालो नेपाल’ बनाउन घिसिङ सफल भएकाले पुनः नियुक्त गर्न सरकारलाई दबाब दिने उद्देश्यले डडेल्धुरा सदरमुकाममा आइतबार साँझ राँके जुलुस निकालेको हो । ‘नेपाली जनता के भन्छ, कुलमान घिसिङ ल्याऔं भन्छ’, ‘अरु आए अन्धकार, कुलमान आए चमत्कार’लगायतका नारा लगाउदै नेविसंघ डडेल्धुराले प्रर्दशन गरेको हो ।

राँके जुलुस निकालेको केही समयमा नै प्रहरीले रोकेको थियो । प्रर्दशनपछि भीमदत्त चोकमा कोणसभा गरिएको छ । कोणसभामा बोल्दै नेविसंघका नेता जगत ऐरले कुलमान घिसिङ पुनः नियुक्त नभए नेविसंघ डडेल्धुरा थप आन्दोलित हुने बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस