समाचार

चितवनमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि

bharatpur hospital

२९ भदौ, चितवन । चितवनको भरतपुर अस्पतालअन्तर्गतको कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालले सोमबार विहान दिएको जानकारी अनुसार संक्रमण पुष्‍टि हुने सबैजना चितवनका हुन् ।

अस्पतालका अनुसार भरतपुरका ७ पुरूष र ४ महिला गरी ११ जना, कालिकाका ५ पुरूष र ५ महिला, इच्छाकामनाका ६ पुरूष र रत्ननगरका एक पुरूषमा संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा २ वर्षीय बालक, ४ वर्षीया बालिकासहित ५५ वर्ष उमेर समूहका महिलासम्म छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस