समाचार

विराटनगर महानगरको सेवा आजदेखि असोज २ सम्म बन्द

biratnagar mahanagarpalika

२९ भदौ, विराटनगर । विराटनगर महानगरबाट प्रदान गरिने सेवा भदौ २९ देखि असोज २ गतेसम्मका लागि बन्द गरिएको छ ।

विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणी पोखरेललाई कोरोना संक्रमण पुष्टि भएपछि कार्यालयको अत्यावश्यक बाहेक अन्य सेवा असोज २ गतेसम्मका लागि बन्द गरिएको हो ।

आइतबार बिहान प्रमुख प्रशासकिय अधिकृत पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको थियो। पोखरेलको कन्ट्याक ट्रेसिङमा महानगरका अन्य कर्मचारी पनि परेपछि विराटनगरको सेवा पाँच दिन बन्द गर्ने निर्णय भएको मेयर भीम पराजुलीले जानकारी दिए ।

सो अवधीमा स्वास्थ्य, सरसफाई, वारुणयन्त्रसहित अत्यावश्यक सेवा भने सञ्चालन हुनेछ । समुदायमा संक्रमण देखिएको विराटनगरमा यस अघि विराटनगर– २ का अध्यक्ष कुमार पोखरेल र विराटनगर– ५ का अध्यक्ष मिनकुमार आचार्यलाई पनि पोजेटिभ देखिएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस