समाचार

फेरि बढ्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

gold shop

२९ भदौ, काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला ४ सयले बढेको हो ।

आइतबार स्थिर रहेको सुनको मूल्य आज ९६ हजार ९ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुन तोलामा ९६ हजार ४०० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै सोमबार चाँदीको मूल्य पनि बढेको छ । आइतबार तोलामा १ हजार ३१० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बढेर १ हजार ३२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस