समाचार

कैलालीमा पत्रकार आन्दोलित

kailali journalist

२९ भदौ, कैलाली । कैलालीमा दिनेश सञ्चार गृहमा प्रवेश गरी पत्रकारमाथि आक्रमण गर्नेलाई कार्बाहीको माग गर्दै पत्रकारहरु आन्दोलित भएका छन् । पत्रकारमाथि आक्रमण गर्नेलाई प्रहरीले पक्राउ नगरेको भन्दै पत्रकार आन्दोलित भएका हुन् ।

शुक्रबार दिनेश सञ्चार गृहको कार्यालयमा पुगेका १५–२० जनाको समूहले गृहका सहसम्पादक जनक विष्टलाई कुटपिट गरेका थिए । दिनेश खबर डटकममा प्रकाशित समाचारको विषयलाई लिएर सञ्चार गृहमा पुगेको समूहले व्यवस्थापक अमिता कुँवर र प्राविधिक कल्पना सिंहलाई पनि हातपात तथा दुर्व्यवहार गरेको थियो ।

कारबाहीको माग गर्दै किटानी जाहेरी दिएको तीन दिनसम्म पनि आक्रमणमा संलग्नहरू पक्राउ नपरेपछि कैलालीका पत्रकारहरु आइतबारदेखि आन्दोलित भएका हुन् । सोमबार उनीहरुले जिल्ला प्रशासन कार्यालय अघि एक घण्टा धर्ना दिएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *