समाचार

नेपालमा थपिए ११ सय ७० कोरोना संक्रमित, संक्रमितको संख्या ५५ हजार नाघ्यो

map of nepal

२९ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ११ सय ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सोमबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ११ सय ७० जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको छ । संक्रमितमध्ये ३९ हजार ५७६ जना निको भएर घर फर्किएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस