२९ भदौ, दाङ । दाङमा सोमबार एकै दिन ४४ जनामा कोरोना पोजिटिभ देखिएको छ ।
घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना परिक्षणका क्रममा सोमबा दाङमा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कमल चन्दले बताए ।
संक्रमितहरु घोराही उपमहानगरपालिकाका १९ जना, शान्तिनगर गाउँपालिकाका १७ जना र बबई गाउँपालिकाका ८ जना रहेका छन् ।
यससँगै दाङमा कोरोना संक्रमित हुनेको संख्या ९ सय १९ पुगेको छ । जसमध्ये ७ सय ४३ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म कोरोना संक्रमणबाट दाङमा २ जनाको मृत्यु भइसकेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस